काठमाडौं, ४ कार्तिक । नेपाल जेसीजको ४३ औं राष्ट्रिय महाधिवेशन यहि मिति २०७३ मंसीर २५ देखी २८ गते, तदनुसार २०१६ डिसेम्बर १० देखी १३ सम्म काठमाडाैकाे टाेखामा हुने भएकाे छ । धापासी जेसीजको आतिथ्यतामा काठमाडौंको उत्तरी भेगमा अवस्थित टोखा नगर पालिकामा सम्पन्न हुने महाधिवेशन आगामी वर्ष– २०१७ का लागि नेतृत्व चयन तथा हस्तान्तरण सँगै धापासी घोषणा पत्र जारी गरी सम्पन्न हुनेछ ।
आजभन्दा १०१ वर्ष अगाडी (सन् १९१५) मा अमेरीकाबाट सुरु भएको जेसिस अभियान अहिले विश्वका १२० भन्दा बढी देशका युवाहरु समाहित भएकाे नेपाल जेसिसले जारी गरेकाे प्रेस विज्ञप्तिमा जनर्इएकाेछ । नेपालमा सन् १९६४ मा स्थापना भएकाे संगठनको हाल देशभर १३८ शाखाहरु रहेकाे विज्ञप्तिमा जनार्इएकाे छ । “एक पद, एक व्यक्ति, एक कार्यकाल, एकवर्षको आफ्नो वैधानीक प्रावधानलाई स्वच्छ प्रजातान्त्रिक अभ्यासका रुपमा अवलम्बन गर्दै हरेक वर्ष सफल नेतृत्व हस्तान्तरण गर्ने क्रममा यो वर्ष–२०१६ को राष्ट्रिय महाधिवेशन अवको ५१ दिनमा सुरु हुन गईरहेको छ । ” विज्ञप्तिमा उल्लेख छ।
महाधिवेश जेसिका वर्तमान राष्ट्रिय अध्यक्ष रविन्द्र गुरुङ्गको अध्यक्षतामा सम्पन्न हुने जनार्इएकाे छ । महाधिवेशनमा वर्तमान राष्ट्रिय चुनौति संविधान कार्यान्वयन देखी अन्तर्राष्ट्रिय अभियान “शान्ति संभव छ” (Peace is Possible), आन्तरिक पर्यटन वर्ष–२०७३, राष्ट्रिय युवा नीति, वातावरण तथा पर्यावरण जस्ता विषयहरु छलफल हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
महाधिवेशन सम्पन्न गर्न कालागि १०१ सदस्यीय मूल आयोजक समिति, ९ सदस्यीय कार्यकारिणी समिति, त्यस्तै सल्लाहकार समिति र विभिन्न उपसमितिहरु गठन भएकाे जेसिसले जनाएकाे छ । महाधिवेशनमा पूर्व मेचि देखी पश्चिम महाकाली सम्मका १३८ वटा शाखाबाट १५१८ प्रतिनिधि तथा लगभग सोहि संख्या बराबर पर्यवेक्षक एवं अतिथिहरुको सहभागीता रहने उक्त महाधिवेशन टोखामा अवस्थित खुल्लाचौर (भूतखेल चौर) मा सम्पन्न हुने जनार्इएकाे छ ।
See more at: http://www.nepalbhaskar.com/archives/8066
